हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ४४ वटा गौरवको आयोजना तय गरेको छ । उपमहानगरले तयार पारेको ५ वर्षे आवधिक योजना अन्तर्गत करिब ७ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने योजना तय गरेको हो ।

उपमहानगरले २०८१/०८२ देखि ०८५/०८६ सम्मको आवधिक योजनामा ११ वटा आयोजनाहरुलाई पहिलो प्राथमिकतामा राखेर गौरवको योजना तय गरेको जनाएकाे छ । आगामी असार २ गते आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट ल्याउने आन्तरिक तयारीमा जुटेको उपमहानगरले साना आयोजना भन्दा पनि आवधिक योजना सहित गौरवको आयोजनालाई प्राथमिकता दिने जनाएकाे छ ।