हेटाैंडा- हेटाैंडा उपमहानगरपालिका-९ स्थित कृष्णआदर्श इङ्लिस सेकेन्डरी बाेर्डिङ स्कुल (कसेस) मा विद्यालय स्वास्थ्य र पाेषण सप्ताह सुरू भएकाे छ । विद्यालय जाने उमेरका बालबालिकाहरुको स्वास्थ्य र शिक्षाको स्तर सुधार गर्ने उद्धेश्यका साथ विद्यालयले जेठ १ गतेदेखि सप्ताहव्यापी कार्यक्रम सुरु गरेकाे हाे ।
बालबालिकालाई स्वास्थ्य पोषण तथा सन्तुलित आहारबारे जानकारी दिने साथै विद्यार्थीकाे शैक्षिक विकासमा स्वास्थ्य र पाेषणबारे सचेतना जगाउने उद्धेश्यले विद्यालय स्वास्थ्य र पाेषण कार्यक्रम संचालन गरिएकाे विद्यालयका सञ्चालक नवीन केसीले जानकारी दिनुभयाे । एक सातासम्म संचालन हुने कार्यक्रम अन्तरगत विद्यालयमा सरसफाई, विद्यार्थीकाे स्वास्थ्य जाँच, ओैषधि वितरण, पाेषण र स्वास्थ्यबारे सचेतनालगायतका कार्यक्रम गरिने केसीले जानकारी दिनुभयाे ।

May be an image of 11 people and text

जेठ ७ गतेसम्म चल्ने सप्ताहव्यापी कार्यक्रमअन्तरगत जेठ १ गते पहिलो दिन कक्षा सरसफाई, व्यक्तिगत सरसफाईकाे कार्यक्रम गरिएकाे थियाे । त्यस्तै दाेस्राे दिन बुधबार किशोर अवस्थामा पोषणको महत्वबारे अभिमुखीकरण गरिएकाे थियाे । त्यस्तै भाेलि जुकाको औषधि वितरण गर्ने साथै हात धुने तरिकाबारे सिकाइनेछ । त्यस्तै विद्यार्थीकाे उचाई र तौल मापन गर्ने, पोषणको महत्वबारे वडा क्लिनिकबाट सहजकर्ता बाेलाई अभिमुखीकरण, पाेषण र स्वास्थ्यबारे हाजिरीजवाफ र निबन्ध प्रतियाेगिता जस्ता रचनात्मक कार्यक्रम राखिएकाे सञ्चालक केसीले बताउनुभयाे ।

May be an image of 5 people, dais and text that says 'nonaй Heй ንግሎ l N'

सरकारले नै हरेक वर्ष जेठ १ देखि ७ गतेसम्म विद्यालय स्वास्थ्य र पाेषण सप्ताह मनाउने कार्यक्रम तय गरेकाेमा कृष्ण आदर्शले यस वर्षदेखि वार्षिक क्यालेन्डरमै राखेर सप्ताहव्यापी कार्यक्रम गर्न सुरु गरेकाे जनाइएकाे छ । कार्यक्रम सफल बनाउन विद्यालयले विद्यार्थीहरुबाट छनाैट गरी ११ सदस्यीय हेल्थ क्लवसमेत गठन गरेकाे छ ।