सरकारले आगामी आर्थिक वर्षमा बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने भएको छ  । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा मङ्गलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा बढुवा प्रणालीलाई अनुमान योग्य बनाउँदै अवकास हुने उमेर हदको पुनरावलोकन समेत गरिने बताउनुभयो ।

यस्तै आगामी आर्थिक वर्षमा राष्ट्रिय एकीकरणसँग सम्बन्धित पुरातात्विक सम्पदा, पदमार्गको पहिचान गरि स्तरोन्नती गरिने भएको छ । राष्ट्रपति पौडेलले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा  राष्ट्रिय एकीकरणसँग सम्बन्धित सम्पदाको पहिचान र स्तरोन्नति गर्ने पनि बताउनुभयो ।