हेटाैँडा । हेटाैँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयले विपन्न विध्यार्थीलाई पाेशाक वितरण गरेको छ । हेटौंडा -४ स्थित श्रमिक माविका बालविकासदेखि ५ कक्षासम्मका ६२ जना विध्यार्थीलाई विध्यालय पाेषाक टिसर्ट, ट्राउजर, ज्याकेट, जुत्ता प्रदान गरकाे हो ।

विध्यालयका विपन्न विध्यार्थी छनाैट गरि अध्ययनलाई निरन्तरताकाे लागि पाेशाक प्रदान गरिएकाे ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले बताउनुभयाे । सामुदायिक विध्यालयकाे शिक्षालाई सुधार्न आफूले ध्यान केन्द्रीत गरेकाे बताउँदै उहाँले शैक्षिक सुधार अभियानमा सबैकाे भूमिका महत्वपूर्ण हुने समेत बताउनुभयाे । कार्यक्रममा विध्यालय व्यवस्थापन समिति अध्यक्ष विवेक कार्कीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडा सदस्यहरू गीता त्रिपाठी, जग्गनाथ पाण्डे, व्यवस्थापन समितिका सदस्य रिता दाहाल, विशेश्वरी मलेकु, पिटिए अध्यक्ष राजेन्द्रकुमार बस्ताकाेटी, पूर्व विध्यार्थी समाजका अध्यक्ष सुरेश श्रेष्ठ, प्रधानाध्यापक श्रीराम दाहाल, अभिभावकल गायतकाे उपस्थिति रहेकाे सहप्रअ गाेपिरमण प्याकुरेलले जानकारी दिनुभयाे ।