मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नु भएकाे छ । प्रदेश सरकारमा नेकपा एमालेलाई सहभागी गराउनु हुँदै उहाँले एकैसातामा दाेस्राे पटक मन्त्रिपरिषद् विस्तार गर्नु भएकाे छ । उहाँले आज एमालेबाट आर्थिक मामिला तथा याेजना मन्त्रीमा जगन्नाथ थपलियालाइ नियुक्त गर्नु भएकाे हाे ।

आर्थिक मामिला तथा याेजना मन्त्रीमा एक वर्षपछि पुनः नेता नियुक्त हुनुभएका थपलियाले आजै मुख्यमन्त्री जमरकट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पद तथा गोपनीयताको शपथ लिनुभयाे । यसअघि २०७९ पुस २६ गते अर्थमन्त्री नियुक्त हुनु भएका थपलिया गठबन्धनमा फेरबदल भएसङै साढे २ महिनामै सरकार छोड्नु परेको थियो । चैत १० गते राजीनामा दिएर सरकारबाट बाहिरिनु भएका थपलियाले गठबन्धन फेरबदलकै कारण पुनः मन्त्री बन्ने अवसर पाउनु भएकाे छ ।