गृह मन्त्रालयले प्रहरी कर्मचारी समायोजन समिति गठन गरेको छ । शुक्रबार गृहका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै सो जानकारी गराउनु भएकाे हाे ।
प्रहरी समायोजनका लागि समिति गठन गरी काम थालिसकेको उहाँले बताउनु भएकाे छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो ।
समितिमा मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव सह-संयोजक, प्रहरी प्रधान कार्यालयका डिआइजी, गृहका उपसचिव सदस्य र मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य सचिव रहेको ५ सदस्यीय समिति गठन गरेको हो ।
उक्त समितिमा रहेका व्यक्तिहरूको नाम भने गृहले सार्वजनिक गरेको छैन । ‘प्रहरी कर्मचारी समायोजन समिति गठन भई प्रहरी कर्मचारी समायोजनसम्बन्धी कार्य थालनी भइसकेको ब्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।
हेर्नुहाेस् विज्ञप्ति :