हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको ५७ औं वार्षिक साधारण सभाको अवसरमा शनिबार हेटौंडामा रक्तदान कार्यक्रम गरिएको छ । पल्पसा हल परिसरमा गरिएको रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक तेज प्रसाद अधिकारीले बताए ।
वार्षिक साधारण सभा लक्षित गरी बृहत रक्तदान कार्यक्रम गरिएको थियो । रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको थियो । संघमा रहेको सामाजिक भूमिका तथा अतिरिक्त समितिको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।