हेटौंडा । मकवानपुर प्रतिनिधीसभा क्षेत्र नम्बर–२ का सदस्य एवम् एमाले सचेतक महेश बतौलाले मकवानपुरमा हात्ती र बादर आतंक नियन्त्रण गर्न प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराउनु भएको छ । जिल्लकाे मनहरी गाउँपालिकालगायत विभिन्न स्थानहरुमा जंगली हात्तीले मानव बस्ती भित्र प्रवेश गरेर पुर्याइरहेको जनधनको क्षति तथा बादरको बढ्दो बिगबिगी र ज्यादती नियन्त्रण गर्ने विषयमा उहाँले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनुभएकाे हाे ।
बिगत केहि दिन पहिले देखी मकवानपुरको मनहरी गाउँपालिकाका विभिन्न क्षेत्रहरुमा जंगली हात्ती बस्ती भित्र प्रवेश गरि घर भत्काउने, अन्न बाली नोक्सान गर्ने,पकाएको खानेकुरा खाइदिने, मानिसहरुलाई आक्रमण गर्ने जस्ता जनजीवन आतंकित बनाउने कार्य गरिरहेकाले आज प्रधानमन्त्रीसंगको भेटका क्रममा यसको नियन्त्रणका लागि सांसद बर्तौलाले माग गर्नुभएकाे हाे । उहाँले मकवानपुरमा बादरहरुको बढ्दो संख्या र अत्यधिक बिगबिगीलले गर्दा किसानहरुले लगाएको अन्न बाली पुरै सखाप पारिदिने, बाली भित्राउन नै नपाउने गरि खेत बारीमै नोक्सानी गरिदिने, कतिपय स्थानहरु त झन (जङ्गल वरपरका) घरहरु भित्रै बादर प्रवेश गरेर मकै कोदो फापर अन्न नष्ट गरिदिने जस्ता उपद्रो मच्चाउने काम गरिरहेकोले यसको नियन्त्रण गर्नुपर्ने माग गर्नुभयो ।
बर्तौलाले हात्ति र बादर आतंका कारण जिल्लाको ग्रामीण भेगमा खेतीपाती नै लगाउन छोड्नु पर्ने र गाउँ बाटै विस्थापित हुनुपर्ने बाध्यतामा समेत किसानहरु पुगिसकेको अवस्था रहेको प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो । त्यसैले मनहरी लगायत मकवानपुरका विभिन्न स्थानहरुमा जंगली हात्तीले मानव बस्ती भित्र प्रवेश गरेर पुर्याइरहेको जनधनको क्षति तथा बादरको बढ्दो बिगबिगी र ज्यादती नियन्त्रण गर्न सरकारले प्रभाबकारी योजना बनाउन, निकुञ्ज क्षेत्रमा आवश्यक सुरक्षाकर्मी परिचालन गर्न र नागरिकहरुको जीउ धनको सुरक्षाको ग्यारेन्टी गर्न सम्माननिय प्रधानमन्त्रीलाई उहाँको सरकारी निवास बालुवाटारमा भेटेर ध्यानाकर्षण गराउनुभएकाे बर्ताैलाले बताउनुभयाे ।
उहाँले भन्नुभयो–‘मैले गरेको ध्यानाकर्षण प्रति सँगै रहनुभएका पुर्व प्रधानमन्त्रीज्युहरु केपी शर्मा ओलि र शेर बहादुर देउवाले समेत समर्थन गर्नुहुदै देश भरी नै यो समस्या बढिरहेको हुँदा यो बिसयमा सरकारले तत्काल उपयुुक्त कदम अगाडि बढाउन उहाँहरुले पनि प्रधानमन्त्रीलाई थप आग्रह पनि गर्नुभयो । र जवाफमा प्रधानमन्त्री ज्युले हात्ती र बादर आतंक न्यूनीकरण तथा नियन्त्रण गर्न गर्नुपर्ने कामहरुका सम्बन्धमा सम्बन्धि निकायहरुलाई बोलाएर आज नै आवश्यक कार्य, योजना र निति निर्माणका लागी ढोस काम गर्नेछु भनेर प्रतिबद्धता व्यक्त गर्नु भयो ।’
यस बिषयमा सबैको अगाडीनै प्रधानमन्त्रीले मुख्यसचिबलाई फोन मार्फत यस बिसयमा आवश्यक कार्ययोजना तयार गरि ल्याउन निर्देशन समेत दिनुभयो । बाघले मान्छे मार्ने, हात्तीले मान्छे पनि मार्ने घर पनि भत्काउने, बादरले खेतीपाती र अन्न बाली सखाप बनाउने, दुम्सिले खेतबारी दुलो बनाएर हैरान पार्ने, तर नागरिकहरुले यसप्रकारको हैरानी र क्षति बेहोरी रहेका छन् ।