हेटौडा – हेटौडा उपमहानगरपालिका-११ स्थित सहिद स्मारक बिकास समितिले याे वर्षकाे सहिद दिवश सप्ताह व्यापी रूपमा मनाउने निर्णय गरेकाे छ । साेमबार बसेकाे सहिद स्मारक बिकास समितिको दोस्रो पूर्ण बैठकले सहिद सप्ताह २०८० को अवसरमा विभिन्न सरकारी निकायहरुसंगको सहकार्यमा सप्ताह ब्यापी कार्यक्रम गर्ने निर्णय गरेको हो ।
बागमती प्रदेशका प्रथम मुख्यमन्त्री तथा सहिद स्मारक बिकास समितिका अध्यक्ष डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले सहिद दिवशका अवसरमा प्रभातफेरी, रक्तदान, बाल चित्रकला प्रतियोगिता, रास्ट्रिय साहित्यिक गोष्ठी, स्थानीय उत्पादनकाे प्रदर्शनीलगायतका कार्यक्रम गर्ने निर्णय गरेकाे समितिका सचिव रघुनाथ खुलालले बताउनुभयाे ।
खुलालका अनुसार स्थानीय घरेलु उत्पादनलाइ प्रबर्धन गर्ने उदेश्य स्वरुप स्थानीय वडासंगको समन्वयमा स्थानीयस्तरमा तयारी गरिएका उत्पादनहरुलाई हप्ता भरी नै प्रदर्शनमा राखिनेछ भने प्लास्टिकको प्रयोगलाई कम गर्दै बिकल्पमा दुना टपरी प्रयोगमा ल्याउने तयारी गरिएको छ । यसले केहि हदसम्म रोजगारीको अवस्था सृजना गर्नुका साथै वातावरणीय हिसाबले पनि उपयुक्त मानिन्छ । बैठकमा बिभिन्न उपसमिति संयोजकहरुले आपनो कार्ययोजना प्रस्तुत गर्नुका साथै निकट भबिष्यमा पार्कलाई थप आकर्षक र मनोरम बनाउने हिसाबले तिब्र तयारीका साथ काम अगाडि बढेको बताइएको छ । यस्तै बैठकले सहिद स्मारक बिकास समितिकाे उपसचिवमा रामकृष्ण थापालाइ मनाेनित गर्ने निर्णय गरेकाे समेत सचिव खुलालले बताउनुभयाे ।