मकवानपुर । मकवानपुर प्रहरीले शुक्रबार अबैध सुनसहित हेटाैंडाबाट २ जनालाई पक्राउ गरेकाे छ । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेक प्वाइन्टबाट ४८० ग्राम ०८३ मिलिग्राम अवैध सुनसहित भारत अमृतसार पंजाबका ३४ वर्षीय तर्सिम सिंह र धनुषा सबैला नगरपालिका–२ बस्ने ३९ वर्षीय हितेस कुमार साहलाई पक्राउ गरेको हाे ।
बिशेष सुचनाको आधारमा रातोमाटे चेक प्वाइन्टमा काठमाण्डौबाट बिरगंज तर्फ जादै गरेको ना ५ ख ६२१७ र बागमती प्रदेश ०३-००१ ख १७२७ नम्बरकाे यात्रु बाहक बसमा छुट्टा छुट्टै सवार गरी आएका सिंह र साहलाई सुनसहित पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । प्रहरीले सिंहकाे साथबाट सुनको सिक्री २ थान (सुन खाद कट्टी कटाएर ७ ग्राम २६८ मि.ग्राम, मुल्य ७४,५२३ ।-), बेरिएको बाला १ थान र स-सना टुक्रा थान २ (२२ ग्राम ६४० मि.ग्रा., मुल्य २,३२,१४३ ।–) गरी जम्मा .३,०६,६६६।- मुल्य बराबरको तथा शाहको साथबाट सुनको ब्रास्लेट ९ थान( ४५० ग्राम १७५ मि.ग्राम, मुल्य ४६,१५,९५९।-) गरी जम्मा ४८० ग्राम ०८३ मि.ग्राम सुन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयाे । भण्डारीका अनुसार साहले जुत्ताभित्र र सिङले झोलाभित्र लुकाएर ल्याएको अवस्थामा उक्त सुन बरामद गरिएको हो । सुन सहित दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकाे उहाँले बताउनुभयाे ।