हेटौंडा । मदन भण्डारी फाउण्डेशन मकवानपुरले शनिबार एक दिने सकारात्मक सोच तथा तनाव व्यवस्थापन सम्बन्धी अभिमुखिकरण आयोजना गरेको छ । फाउण्डेसनको आयोजना तथा ब्रम्ह कुमारी राजयोग सेवा केन्द्र मनहरीको व्यवस्थापनमा तनाव व्यवस्थापन अभिमुखिकरण कार्यक्रम भएको हो ।
प्रत्येक महिना एउटा रचनात्कम कार्यक्रम आयोजना गर्ने गरेकोमा यो पटक तनाव व्यवस्थापन कार्यक्रम आयोजना गरेको फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालले बताउनुभयो । दैनिक जिवनमा आईपर्ने तनाव व्यवस्थापन गर्दै तनाव रहित सकारात्मक सोचका साथ जीवन जिउन प्रेरणादायि र अभिप्रेरित गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा विजय भाईजि र रेवति दिदीले सहजीकरण गर्नुभएको थियो, भने, आमाघर नेपाल मनहरीका अध्यक्ष रामचन्द्र उप्रेतीले व्यवस्थापकिय भुमिका निर्वाह गर्नुभएको थियो ।
फाउण्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, एमाले बागमती प्रदेश संसदिय दलका नेता जेएन थपलियालगायत फाउन्डेसनका पदाधिकारी तथा सदस्यहरुलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता थियो । सहभागिहरुले कार्यक्रम निक्कै महत्त्वपूर्ण र प्रेरणादायी भएको बताउनुभयो ।