प्रतीकात्मक तस्बिर

हेटौंडा । हेटौडा उपमहानगरपालिका–२, चौकीटोलस्थित खाद्य संस्थानको गोदाममा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । खाद्य संस्थानको खुल्ला कोठाभित्र अन्दाजी ५४ बर्षीय पुरुष मृत अवस्थामा भेटिएका हुन् ।
मृत अवस्थामा फेला परेका व्यक्तिकाे पहिचान हुन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । प्रहरीले शवलाई हैटौंडा अस्पातलमा लगेको र आवश्यक अनुसन्धान भइरह्को जनाएको छ ।