file photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देखेपछि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले एमालेको विरोध गरेको जिकिर जिकिर गर्नुभएकाे छ । नेकपा एमाले नेकपा एमाले मधेस प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्दै आज बुधवार अध्यक्ष ओलीले अयोग्य, असक्षम र काम गर्न नसकेर नभई देशलाई विकासको बाटोमा लैजानसक्ने एउटै पार्टी एमाले भएकाले विरोध गरिएको दाबी गर्नुभयाे ।
एमालेको लोकप्रियताले माओवादी र काँग्रेस आत्तिएको उहाँले बताउनुभयाे । माओवादी र काँग्रेस नसच्चिएसम्म देशमा दुई वटा पार्टीको भविष्य नरहेको ओलीको भनाइ छ । उहाँले भन्नुभयाे, ‘एमाले अयोग्य, असक्षम र काम गर्न नसकेर विरोध भएको होइन । एमाले सशक्त छ, योग्य छ, काम गर्नसक्छ, मौका पाए देशलाई विकासको बाटोमा अघि लैजान सक्छ, देशमा सुशासन ल्याउन सक्छ, शान्ति सुव्यवस्था कायम गर्नसक्छ । यही भएर काँग्रेस र माओवादी आत्तिएका छन् । आफ्नै भविष्य अन्धकार देख्न थालेर हामीसँग आत्तिएका छन् । तपाईँहरू सच्चिनु हुँदैन भने एमालेको विरोध गरेर मात्रै तपाईँहरूको भविष्य छैन । नसच्चिए त तपाईँहरूको भविष्य अन्धकार भएर जाने नै हो ।’ अध्यक्ष ओलीले युवाहरूमा देशमा केही हुन्छ भन्ने आशा सकिँदै गएको बताउनुभयाे । उहाँले २०८४ सालको चुनावका लागि अहिलेदेखि नै तयारीमा जुट्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुभएकाे छ ।