बझाङ – बझाङ केन्द्रविन्दु भएर लगातार भूकम्प गइरहेको छ । आज मङ्गलवार दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
त्यसपछि चार रेक्टर स्केलभन्दा माथिका ५ वटा भूकम्प गइसकेका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
दोस्रो भूकम्प दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको गएको थियो । त्यसपछि ३ बजेर ४५ मिनेटमा ४ दशमलव १, ४ बजेर २८ मिनेटमा ४ दशमलव १ र ४ बजेर ३१ मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । यस्तै बेलुका ५ बजेर १९ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको छ ।
साना परकम्पहरू लगातार गइरहेका छन् । लगातार जमिन हल्लिरहेपछि मानिसहरू घरबाहिर निस्किएर खुला चाैरमा बसेका छन् ।
भूकम्पका कारण घाइते हुनेकाे सङ्ख्या ११ जना पुगेकाे छ । उनीहरूकाे जिल्ला अस्पतालमा उपचार भइरहेकाे छ । भूकम्पकाे विस्तृत विवरण आउन बाँकी छ ।