नेपाल १९ वर्षमुनिको (यू–१९) साफ च्याम्पियनशिप फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ । आज साेमवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा माल्दिभ्सलाई ४–१ गाेलले हराउँदै नेपाल सेमिफाइनलमा पुगेकाे हाे ।
नेपालका लागि समिर तामाङले २ तथा प्रशान्त लक्सम र निराजन धामीले १/१ गाेल गरे । नेपाल २ खेलमा ३ अङ्कसहित समूह ‘ए’ काे उपविजेता बन्दै सेमिफाइनलमा पुगेकाे हाे ।
नेपालले सेमिफाइनलमा समूह ‘बी’ को विजेतासँग खेल्नेछ । आजै बेलुकी साढे ५ बजे दशरथ रङ्गशालामा हुने भारत र भुटानबीचकाे खेलबाट समूह ‘बी’ काे विजेताकाे टुङ्गाे लाग्नेछ । नेपाल रहेकाे समूहबाट पाकिस्तान २ खेलमा ४ अङ्कका शीर्ष स्थानमा रहँदै यसअघि नै सेमिफाइनल पुगिसकेकाे छ ।