मकवानपुर । मकवानपुरमा प्रथम जिल्ला विद्यालय स्तरीय छात्र–छात्रा तेक्वान्दो प्रतियोगिता हुने भएको छ । हेटौंडा–९, स्थित श्रीकृष्ण आदर्श ईङलिस बोडिङ स्कुलको आयोजना तथा मा जिल्लामै पहिलो पटक प्रतियोगिता हुन लागेको हो ।
मकवानपुर जिल्ला तेक्वान्दो संघको प्राविधिक सहयोगमा यहि भदौ २९ र ३० गते स्कुलकै प्राङगणमा प्रतियोगिता संचालन हुने आयोजक श्रीकृष्ण आदर्श ईङलिस बोडिङ स्कुलका संचालक नविन केसीले जानकारी दिनुभयो । उहाँका अनसार जिल्लामै पहिलो पटक सञ्चालन हुन लागेको प्रतियोगितामा विभिन्न सामुदायिक तथा संस्थागत गरी २० वटा विद्यालयका करीब २ सयजना खेलाडीहरुको सहभागिता रहने छ । प्रतियोगितामा विभिन्न विद्यालयबाट सहभागिहरु मध्ये प्राप्त मेडलका आधारमा बिजेता घोषणा गरिने उहाँले बताउनुभयो ।
प्रतियोगिताकै क्रममा विद्यार्थीहरुलाई यौनजन्य दुव्र्यवहार सम्बन्धी सचेतना तथा आत्मरक्षा तालिम समेत प्रदान गरिने विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद भट्टराईले जानकारी दिनुभयो । यौनजन्य दुव्र्यवहार सम्बन्धी सचेतना तथा आत्मरक्षा तालिम सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरको समन्वयमा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भईसकेको आयोजकले जनाएको छ ।