वेस्ट इन्डिजसँगकाे ५ खेलकाे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटकाे निर्णायक खेलमा भारतले टस जितेकाे छ । फ्लाेरिडामा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएकाे छ । ५ खेलकाे शृङ्खलामा दुवै टाेलीले २–२ वटा खेल जितेका छन् । पहिलाे र दाेस्राे खेल वेस्ट इन्डिजले जितेकाेमा भारतले तेस्राे र चाैथाे खेल जित्दै उत्कृष्ट पुनरागमन गरेकाे हाे ।
यस्ताे छ प्लेइङ–११
भारतीय टाेलीमा यशस्वी जयसवाल, शुभमन गिल, सूर्यकुमार यादव, तिलक वर्मा, हार्दिक पान्ड्या (कप्तान), सञ्जू सामसन (विकेटकिपर), अक्षर पटेल, कुलदीप यादव, अर्शदीप सिंह, युजवेन्द्र चहल र मुकेश कुमार रहेका छन् ।
यस्तै वेस्ट इन्डिजकाे टाेलीमा ब्रान्डन किङ, कायल मेयर्स, शाई होप, निकोलस पूरन (विकेटकिपर), रोभमन पावल (कप्तान), शिमरोन हेटमायर, जेसन होल्डर, रोस्टन चेज, रोमारियो शेफर्ड, अकिल होसेन र अल्जारी जोसेफ रहेका छन् । यसअघि भएकाे एकदिवसीय र टेस्ट शृङ्खला भारतले जितेकाे थियाे । एकदिवसीय २–१ ले जितेकाे भारतले टेस्ट १–० ले जितेकाे हाे ।