म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी करिडाेरको बेनी–जोमसोम–कोरला सडक खण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ ।
रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कङ्क्रिट गरी सकिएको ठाउँमा माथिबाट पहिरो जाने क्रम शुरु भएकाले सडक बन्द गर्न लागिएको हो । भोलि आइतवारदेखि साउन ३२ गते बिहीवारसम्म पाँच दिनका लागि सडक खण्ड पूर्णरुपमा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले म्याग्दीले जनाएको छ ।