सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले साइबर सुरक्षा नीति स्वीकृत गरेको हाे । यस्तै मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले बैङ्किङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।