मकवानपुर । उच्च अदालत पाटन, हेटौंडा इजलासबाट बितेको एक वर्षमा १३१२ वटा मुद्धा फ¥छयौट भएको छ । अदालतले सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर आर्थिक वर्ष २०७९÷०८० मा कुल १३१२ वटा मुद्धा फछर्यौट गर्न सफल भएको जानकारी दिएको हो ।
आर्थिक वर्ष २०७९÷०८० मा कुल १७४१ वटा मुद्दा मध्ये १३१२ अर्थात ७५ दशमलव ३६ प्रतिशत मुद्धा फछर्यौट गर्न सफल भएको अदालतका रजिस्ट्रार जगदीशप्रसाद भट्टले जानकारी दिनुभयो । भट्टका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा जिम्मेवारी सरेर आएका र आर्थिक वर्ष २०७९÷०८० मा दर्ता भएका मध्ये ४२९ वटा मुद्दा फछर्यौट हुन बाँकी रहेको छ ।
अदालतमा आर्थिक वर्ष २०७९÷०८० मा १ हजार १९६ थान नयाँ मुद्धा दर्ता भएको र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका मुद्धा ५४५ थान मुद्धाहरु मध्ये ३० वटा मात्र मुद्धा फैसला हुन बाँकी रहेको उहाँले बताउनुभयो । यस्तै अदालतमा अहिले १८ महिनादेखी २ वर्ष अवधि नाघेका एउटा मात्र मुद्धा फछर्यौट हुन बाँकी रहेको उहाँले बताउनुभयो ।
पत्रकार भेटघाटमा आर्थिक वर्ष २०८०÷८१ मा १ हजार २६७ नयाँ मुद्धा दर्ता हुनेअनुमान गरिएको साथै १ हजार १०४ वटा मुद्धा फछर्यौट गर्ने लक्ष्य लिईएको बताईएको छ । उच्च अदालत पाटन हेटौँडा इजलासले पुरानवेदन मुद्धा, शुरु मुद्धा, साधक तथा रिट र निषेधाज्ञाका मुद्दाहरु हेर्ने गरेको छ ।
पत्रकार भेटघाटमा बोल्दै उच्च अदालत पाटन, हेटौंडा इजलासका मुख्य न्यायधीश अब्दुल अजिज मुसलमानले अदालत प्रतिको जनआस्था कायम राख्न मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । पत्रकार भेटघाटमा अदालतका न्यायधीशहरु मुहम्बद साविर हुसेन, राजेधर तिवारी, मेरिना श्रेष्ठ, निर्माला शाक्य सहित अदालतका कानुन अधिकृतलगायतको उपस्थिती रहेको थियो । उच्च अदालत पाटन, हेटौंडा इजलासले चितवन र मकवानपुरको पुनरावेदकीय मुद्धा हेर्ने गर्दछ ।