मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशका अस्पतालहरुमा १० प्रतिशत बेड (शैया) निःशुल्क उपलब्ध गराउन निर्देृशन गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले अस्पतालहरुका उपलब्ध बेड मध्ये १० प्रतिशत बेड निशुल्क रुपमा उपलब्ध गराउन सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पतालहरुलाई निर्देशन गरेको हो ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीको अध्यक्षतामा बसेको बैठकले सबैै अस्पतालहरुमा १० प्रतिशत बेड निशुल्क रुपमा उपलब्ध गराउन निर्णय गरेलगतै कार्यान्वयनका लागि निर्देशन दिइएको छ । संघीय सरकारको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले यो निर्णय गरेर कार्यान्वयनमा ल्याएपछी बागमती प्रदेश सरकारले पनि कानूनमा भएको बिषयलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पतालहरुलाई पत्राचार गर्दै अस्पतालमा विपन्न, असहाय, वेवारिसे विरामीका लागि निशुल्क रुपमा बेढ उपलब्ध गराउन निर्देशन दिइएको छ । त्यसैगरी अस्पताल परिषरमा केही अस्पतालले सवारी पार्किङ शुल्क लिएको गुनासोपछी मन्त्रालयले निःशुल्क पार्किङको व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।
यस्तो छ, मन्त्रालयको निर्देशन ।
