सुनको मुल्य आज तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मुल्य तोलामा एक लाख १० हजार रुपैयाँ तोकिएको छ ।
हिजो एक लाख १० हजार एक सय रुपैयाँ थियो । आज चाँदीको मुल्य भने स्थिर छ । चाँदी हिजोको जस्तै तोलामा एक हजार तीन सय ७० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।