नेपालको फिफा वरीयता खस्किएको छ । फिफाले बिहीबार निकालेको वरीयतामा नेपाल एक स्थान तल खस्किँदै १ सय ७५ औँ स्थानमा पुगेको हो । नेपालले ९ सय ५९ अङ्क प्राप्त गरेको छ । विश्वकप विजेता अर्जेन्टिना १ हजार ८ सय ८३ अङ्कका साथ शीर्ष स्थानमा कायम छ । फ्रान्स, ब्राजिल, इङ्गल्यान्ड, बेल्जियम, क्रोएसिया, नेदरल्यान्ड्स, इटाली, पोर्चुगल र स्पेन दोस्रो देखि १० औँ स्थानमा छन् ।