उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख एवं वैज्ञानिक महावीर पुन भेटवार्ता भएको छ । विभिन्न मागसहित आन्दोलनमा उत्रनुभएका पुन र मन्त्री खड्काबीच आज मन्त्रालयमा भेट भएको हो ।
भेटमा पुनले राख्दै आउनुभएको माग सम्बोधनका विषयमा छलफल भएको थियो । वार्तापछि कुरा गर्दै पुनले समस्या समाधानका भएको वार्ता सकारात्मक भएको भएको र समस्या समाधानका लागि टोली गठन गर्ने विषयमा सहमति भएको जानकारी दिनुभयो । “माग सम्बोधनका विषयमा वार्ता सकारात्मक रह्यो”, पुनले भन्नुभयो, “उपप्रधानमन्त्रीले अब कसरी अघि बढ्ने भन्ने विषयमा सुझाव समेत माग्नुभएको छ ।”पुनले माग सम्बोधनका विषयमा छलफल गर्न आज बेलुका ५ बजेसम्म दुवै पक्षबाट वार्ता टोली गठन भोलि सम्ममा आन्दोलनका माग पूरा गर्ने विषयमा काम गर्ने विषयमा सहमति भएको बताउनुभयो । “वार्ताका क्रममा पनि प्रधानमन्त्रीले दुई पटक फोन गर्नुभयो, अहिलेसम्म वार्ता सकारात्मक भएको छ”, उहाँले भन्नुभयो ।