एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । काठमाण्डौको मूलपानी मैदानमा समूह ‘ए’ का मलेसिया र कतार तथा कीर्तिपुर मैदानमा समूह ‘बी’ का कुवेत र सिङ्गापुर खेल्दैछन् ।
खेल बिहान ९ बजेदेखि सुरु हुँदैछ । समूह ‘ए’ बाट नेपाल र समूह ‘बी’ बाट हङकङ सेमिफाइनल प्रवेश गरिसकेको छ ।
प्रतियोगितामा सहभागी १० देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र यूएई रहेका छन् ।
हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछ । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसीया कप आउँदो सेप्टेम्बरमा हुनेछ ।