हेटौंडा– दैनिक आयआर्जनमा जोडिनका लागि हेटौंडा उपमहानगरपलिकाले उपमहानगरक्षेत्रका ९ परिवारलाई सिलाई मेसिन हस्तान्तरण गरेको छ । दलित बर्ग आयआर्जन कार्यक्रम अन्तरगत हेटौंडा उपमहानगर भित्र बसोबास गर्दै आएका ६ वटा वडाका ९ जनालाई दैनिक जिवन यापनमा सहयोग पु¥याउनका लागि हेटौंडा उवमहानगरका प्रमुख मीनाकुमारी लामाले सिलाई मेसिन हस्तान्तरण गरेकी हुन् ।
मेसिन हस्तानतरण गर्दै नगरप्रमुख लामाले मेसिनको सहित सदुपयोग गर्दै आय आर्जनमा जोडिन आग्रह गरीन् । घरमा बसीबसी आफ्नो सिपलाई तिर्खार्दै भोलिको दिनलाई सुन्दर बनाउँन तर्फ लाग्न उनको सुझाब थियो । उपमहानगरले दिगो आर्य आर्जनमा जोडिका लागि नगरवासीलाई बिभिन्न शिर्षकमा सहयोग गर्दै आएको उनले बताइन् ।
प्रतिमेसिक करिब १५ हजार रुपियाँको लागतमा खरीद गरी १,५,८,११, १७ र १८ नम्बर वडाका ९ वटा परिवारलाई हस्तान्तरण गरेको हेटौंडा उपमहानगरपालिका समाजकल्याण शाखाका प्रमुख भैरवबहादुर कुमालले जानकारी दिए । कार्यक्रममा दलित बर्ग उत्थान जिल्ला समन्वय समितिका सचिव कमलकुमार बिश्वकर्माको सहभागिता रहेको थियो ।