हेटौंडा । मकवानपुरको इन्द्रसरोवर तालमा डुबेर एक जना बेपत्ता भएका छन् । ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर–१ मार्खु ईन्द्रसरोबर तालमा डुङ्गा सयर गर्नेक्रममा डुबेर बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा काठमाण्डौ छईमले–३ बस्ने ३३ वर्षिय राज कुमार सुबेदी रहेका छन् । स्थानीय पुस्कल थिङले चलाएको डुङ्गामा चडी ताल घुम्ने क्रममा डुङ्गामा ज्याकेट र जुत्ता, मोबाईल छोडी तालमा हामफाली बेपत्ता भएको र अहिले पनि खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।