सामाजिक सुरक्षा कोषले श्रमिकहरूलाई आगामी वैशाख १ गतेदेखि सामाजिक सुरक्षामा आबद्ध गराउने भएको छ । कोषले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरूलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन लागिएको हो । अनौपचारिक क्षेत्रमा रहेका झण्डै ८० लाख श्रमिकहरूलाई सामाजिक सुरक्षा योजनामा समावेश गराइनेछ ।