अस्ट्रेलियासँगकाे तेस्राे टेस्टकाे पहिलाे इनिङ्समा भारत १ सय ९ रनमै अलआउट भएकाे छ । इन्दाेरमा टस जितेर ब्याटिङ गरेकाे भारत पहिलाे दिनकाे दाेस्राे सेसनभित्रै अलआउट भएकाे हाे ।
भारतका लागि विराट काेहलीले सर्वाधिक २२ रन बनाए । यस्तै शुभमन गिल २१ तथा स्रिकर भरत र उमेश यादवले १७/१७ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका म्याथ्यु कुन्हेमानले ५, नाथन लायनले ३ र टस मुर्फीले १ विकेट लिए । चार खेलकाे टेस्ट शृङ्खलामा भारत २–० ले अघि छ ।