आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको प्रक्रियाअन्तर्गत आज उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्नेछन् । निर्वाचन आयोगका अनुसार उम्मेदवारी फिर्ता लिन चाहेको उम्मेदवारले आज लिन सक्ने र आजै उम्मेदवारको अन्तिम नामावली पनि प्रकाशित गर्ने कार्यतालिका छ ।
यसअघि शनिबार उम्मेदवारी दर्ता गरिएको थियो । उम्मेदवारी फिर्ता लिन इच्छुक उम्मेदवारका लागि आज बिहान १० बजेदेखि अपराह्न चार बजेसम्मको समय निर्धारण गरिएको आयाेगले जनाएकाे छ ।
राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार हुनुहुन्छ । दुवै उम्मेदवारहरु विरुद्ध कुनै उजुरी र दावी विरोध परेको छैन । निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ। मतदानका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ।