नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ५ जितको कीर्तिमान बनाएको छ । नेपालले यूएईमा क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सोमबार पपुवा न्यु गिनीविरुद्ध ४ विकेटको विजय हात पार्दै पहिलो पटक लगातार ५ खेल जितेको हो ।
पीएनजीले दिएकाे २ सय ४ रनकाे लक्ष्य नेपालले ४५ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायाे । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए । यस्तै आसिफ शेखले ४४ र आरिफ शेखले ३३ रन बनाए । बलिङतर्फ पीएनजीका आसाद भालाले ३ विकेट लिए ।
यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनायाे । उसका आसाद भाला र चाद साेपरले समान ३६ रन बनाए ।बलिङतर्फ नेपालका गुलशन झाले ३ र कुशल मल्लले २ विकेट लिए । यस्तै साेमपाल कामी, करण केसी र प्रतिस जिसीले १/१ विकेट लिए ।
नेपालले लिग–२ मा लगातार पाँचाैँ जित निकाल्दा एकदिवसीय क्रिकेटमा लगातार ५ जितकाे कीर्तिमान बनाएकाे छ । यसअघि घरेलु मैदानमा भएकाे भएकाे खेलमा नेपालले स्कटल्यान्ड र नामिबियालाई २/२ खेलमा हराएकाे थियाे । याे जितपछि नेपाल २९ खेलमा २८ अङ्कका साथ तालिकाकाे छैटाैँ स्थानमा छ । पीएनजी २९ खेलमा ५ अङ्कका साथ तालिकाकाे पुछारमा छ ।