नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष एमालेका सबै ८ जना मन्त्रीहरूले आज राजीनामा दिनुभएको हो ।
एमालेबाट सरकारमा प्रतिनिधित्व गर्नुभएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल, भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राई, कृषिमन्त्री ज्वाला कुमारी साह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र स्वास्थ्य मन्त्री पदम गिरी र रक्षा मन्त्री हरि प्रसाद उप्रेतीले आज प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउनुभएको छ । एमालेको आज बिहान पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।