काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपति निर्वाचनमा सहयोग गर्न औपचारीक रुपमै आग्रह गर्नु भएको छ । एमाले अध्यक्षा ओलीले आज नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाललाई पत्रमार्फत राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार सुवास नेम्वाङलाई मत दिन आग्रह गर्नु भएको हो ।
ओलीले पत्रमा पूर्व सभामुख नेम्वाङले संविधानको मर्म र भावना बुझेकाले उहाँलाई राष्ट्रपति पदमा मत दिन आग्रह गर्नु भएको छ । आज बिहान बसेको एमालेको सचिवालय बैठकले काँग्रेसबाहेक सबै दललाई मत मागेर पत्र लेख्ने निर्णय गरेको थियो ।
हेर्नुहोस् पत्र












