राष्ट्रपति निर्वाचनका लागि आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछ । निर्वाचन आयोगले आज संघीय संसद भवनमा मतदान अधिकृतको कार्यालय स्थापना गर्न लागेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
आज १ बजे हुने कार्यालय उदघाटन कार्यक्रममा निर्वाचन आयोगका पदाधिकारीहरूको पनि उपस्थिति रहनेछ । यही फागुन २५ गते हुने निर्वाचनका मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल नियुक्त भइसकनु भएको छ । मतदान स्थल नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरलाई तोकिएको छ । आयोगले जारी गरेको कार्यतालिका अनुसार बुधबार १० गते मतदाताको नामावली सार्वजनिक गर्ने तयारी छ ।