हेटौंडा ÷ हेटौंडा १० टिसिएसन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगितामा आज शनिबार दुई प्रतिस्पर्धी बाहिरिएका छन् । शुक्रबार भएको गायन प्रतिस्पर्धा पछि भएको निर्णायकको मुल्याकंन, टिकटबाट भोटिङ र एसएमएसबाट भएको भोटिङको आधारमा दुई प्रतिस्पर्धीले मञ्च छाडेका हुन् । शनिबार मञ्च छाड्नेमा विजय लामा(९) र आवाज सुनार (३) रहेका छन् ।
शनिबार हेटौंडा आइडलमा ६ जनाले आफ्नो प्रस्तुती दिएका छन् । जसमा अनिता मोक्तान (१), प्रेमलाल बैठा(२), सुस्मिता श्रेष्ठ(४), दीपेश श्रेष्ठ(५), राजेश दर्नाल(७), सुसन शाही ठकुरी(८)रहेक छन् । गायन पश्चात उनीहरुलाई भोट गर्न टिकटको अर्धकट्टी र एसएमएसबाट भोटिङ गर्न सकिने छ । भोटिङ गर्न हेटौंडा आइडलको सर्टफर्म एचआई स्पेस प्रतिस्पर्धी नम्बर टाइप गरि ३१००३ मा एसएमएस गरि मनपरेको प्रतिस्पर्धीलाई भोट गर्न सकिने छ । टिकट अर्धकट्टीबाट भोटिङ गर्न साँझ ६ बजे सम्म भोटिङ बक्समा भोट खसाल्नु पर्ने जनाइएको छ, भने एसएमएसबाट भने भोली आइतबार विहान ११ बजे सम्मभोटिङ गर्न सकिने आयोजकले जनाएको छ ।











