हेटौंडा – वाग्मती प्रदेशको नेकपा (एमाले) संसदीय दलको प्रमुख सचेतकमा  मधुसूदन पौडेल नियुक्त हुनुभएको छ । उहाँलाई दलका नेता जगन्नाथ थपलियाले प्रमुख सचेतकमा नियुक्त गर्नुभएको संसदीय दलको कार्यालयले जानकारी दिएको छ । ललितपुर १ को १ बाट प्रत्यक्ष निर्वाचित पौडेलले नेकपा(माओवादी केन्द्र) का हरि दाहाललाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकोथियो । पौडेलले ११ हजार २९९ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्दी रहनुभएका दाहालले ८ हजार ६५६ मत मात्रै प्राप्त गर्नुभएकोथियो ।