मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको मुख्य सचेतकमा कुन्दनराज काफ्ले चयन हुनु भएको छ । नेपाली कांग्रेसको सोमबार बसेको संसदीय दलको बैठकले काफ्लेलाई मुख्य सचेतकको जिम्मेवारी प्रदान गरेको हो ।
दलको वैठकले प्रदेशसभामा दोलाखा १(१) बाट निर्वाचित सांसद काफ्लेलाई मुख्य सचेतकको भूमिका प्रदान गरेको हो । वैठकमा दल नेता बहादुरसिंह लामाले उहाँलाई मनोनित गरेको विषयमा जानकारी गराउनु भएको प्रदेश सभा सदस्य छिरिङदोर्जे लामाले जानकारी दिनुभयो ।
दोलाखा क्षेत्र नम्बर १(१) बाट नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई पराजित गरेर उहाँ निर्वाचित हुनु भएको हो । काफ्लेले २२ हजार ७ सय ९७ मत ल्याउँदा श्रेष्ठले १४ हजार ७ सय ५५ मत ल्याउनु भएको थियो । काफ्ले ८ हजार ४२ मतान्तरले विजयी हुनु भएको थियो । नेविसंघका पूर्वमहामन्त्री समेत रहनु भएका काफ्ले कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य समेत हुनु भएको थियो ।