हेटौंडा । पाँचौं संस्करणकाे बागमती गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै छ । आज दिउँसो हुने उद्घाटन खेलमा आयोजक बागमती गाउँपालिका खेलकुद विकास समिति र जावलाखेल युथ क्लब भिड्ने छन् ।
बागमती गाउँपालिका खेलकुद विकास समितिकाे आयोजनामा आगामी माघ ३ गतेसम्म हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेकाे छ । प्रतियोगितामा आयोजक बागमती गाउँपालिका, मकवानपुर–११, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मछिन्द्र फूटबल क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युथ क्लब, जावलाखेल युथ क्लब र अमेरिकी टिम भुट्निज युथ स्पोर्ट्सको सहभागी रहनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ८ लाख र उपविजेताले नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीहरुले जनही १०–१० हजार रुपैयाँ र हरेक खेलको म्यान अफ द म्याच हुने खेलाडीले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।