मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) महासंघ बागमती प्रदेश कमिटीको अध्यक्षमा जिसस मकवानपुरका प्रमुख ललित बहादुर घलान निर्वाचित हुनुभएको छ । यहि पौष २२ र २३ गते पोखरामा सम्पन्न जिल्ला समन्वय समिति महासंघ नेपालको चौथो राष्ट्रिय परिषद्को महाधिवेशनबाट अधिवेशनबाट घलानको अध्यक्षतामा १५ सदस्य प्रदेश कमिटी सर्वसम्मत निर्वाचित भएको हो ।
महासंघको बागमती प्रदेश कमिटिको अध्यक्षमा मकवानपुरका घलानसंगै सचिवमा जिसस मकवानपुरका उपप्रमुख सानुकाजी लुईटेल र उपसचिवमा पनि जिसस मकवानपुरकै सदस्य तारा ढुंगाना सर्वसम्मत निर्वाचित हुनु भएको छ । यस्तै जिसस महासंघ बागमती प्रदेश उपाध्यक्षमा जिसस भक्तपुरका सानु कार्की, सदस्यहरुमा अप्सरा ढुंगाना (काभ्रे), शोभा कार्की (ललितपुर), सपना परियार (काठमान्डौं), पुष्पाकुमारी थामी (सिन्धुली), रस्मिता भण्डारी (काभ्रे), सम्झना सेढाई (नुवाकोट), प्रेमबहादुर थापा (रामेछाप), दान बहादुर तामाङ (सिन्धुली), धनमाया विक, (नुवाकोट) सर्वसम्मत चयन हुनु भएको जिसस मकवानपुरका प्रमुख एवम् प्रदेश अध्यक्ष घलानले जानकारी दिनुभयो । कमिटीमा काेषाध्यक्ष र एकजना सदस्य भने पछि मनोनित गरिने उहाँले बताउनुभयो ।