भारतबाट पेट्रोल र डिजेलको भाउ घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।
आइओसीले बिहीबार नेपाललाई पठाएको नयाँ मूल्य पहिलाको भन्दा कम भएको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा ११ रुपैयाँ घटाएर पठाएको छ । बिहीबारको नयाँ मूल्यअनुसार निगमलाई डिजेलमा ५० पैसा र पेट्रोलमा १३ रुपैयाँभन्दा बढी नाफा छ । त्यस्तै निगमलाई सबै गरेर अबको मूल्यअनुसार पन्ध्र दिनमा ५८ करोड रुपैयाँ नाफा हुनेछ ।