काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलाइसिस गर्न अस्पताल पुग्नुभएको छ ।प्रधानमन्त्री ओली नियमित डायलाइसिसका लागि महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जानुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली आजै बालुवाटार फर्कनुहुने पनि सल्लाहकार थापाले बताउनुभयो । मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गराउनुभएका प्रधानमन्त्री ओली १० दिन अस्पताल बसेर गएको बिहिबार बालुवाटार फर्कनुभएको थियो । आजै उहाँले साग समापनका अवसरमा भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गदै सफलतापूर्वक साग सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिनुभएको थियो ।