मकवानपुर – मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र (क) मा नेकपा माओवादीका प्रेमबहादुर पुलामी (छिन्तु) ले अग्रता लिनु भएको छ । हालसम्म गणनाा भएको ६,३२० मध्ये पुलामीले २,२९० मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कमल विष्ट थोरै मतान्तरले पछि पर्नु भएको छ । विष्टले २०५४ मत प्राप्त गर्नु भएको छ । यस्तै राप्रपाका सागर थापाले १४५६ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेको छ ।