हेटौंडा- मकवानपुर जिल्लामा शान्तिपूर्ण रपमा चुनाव सम्पन्न भएको छ । मकवानपुरको दुइ वटा प्रतिनिधीसभा र चार वटा प्रदेशसभा क्षेत्रमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको हो । जिल्लाका कुनैपनि मतदान केन्द्रमा निर्वाचनमा कुनैपनि समस्या नभएको र शान्तिपूर्ण ढंगले सम्पन्न भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले वताउनुभयो ।
जिल्लाको दश वटा स्थानीय तहमा पहिलेका चुनाबमा जस्तो मतदाताहरुमा त्यती उत्साह भने देखिएको छैन । गएको स्थानीय तहको चुनाबमा भन्दा कम मात्र मत खसेको मतदान अधिकृतहरुले वताएका छन् । मकवानपुरका मकवानपुर जिल्लामा ३ सय ६४ वटा मतदान केन्द्रबाट आज मतदान भएको हो । मतदान सकिएर सबैजसो मतदान केन्द्रहरुबाट मतपेटिका ल्याउने प्रक्रिया सुरु हुन लागेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले वताउनुभयो । मकवानपुरका धेरैजसो मतदान केन्द्रमा स्थानीय चुनाबमा जस्तो उत्साह नदेखिएको र त्यस अनुसार मत पनि नखसेको मतदान अधिकृतहरु वताउँछन् ।
Home निर्वाचन विशेष मकवानपुरमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, पहिलेका चुनावमा जस्तो देखिएन नागरिकमा उत्साह