मकवानपुर – मकवानपुर क्षेत्र नम्बर १ (क) का उम्मेदवार कमल बिष्टले आफू मंसिर ४ को निर्वाचनमा बिजयी भए दुरदराजका हरेक क्षेत्रमा समुचित बिकास गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । हेटौंडा १६ शक्तिखोलामा एमालेको चुनावी सभामा बोल्दै बिष्टले बिगतमा आफू गाविस अध्यक्ष निर्वाचित भएपछिको समयमा गरेकोे बिकास निर्माणलाई हेरेर यो पटक प्रदेशमा काम गर्ने मौका दिन मतदातासँग आग्रह गर्नुभएको हो ।
उहाँले हेटौंडा १६ को बिकट क्षेत्रका रुपमा चिनिएको शक्तिखोला क्षेत्रमा आफू जनप्रतिनिधि हुदा शिक्षा, स्वास्थ्य र यातायात क्षेत्रमा गरेको बिकास हेरेर सूर्य चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गर्नुभयो । चुनावी सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी १६ नम्बर वडा कमिटी उपाध्यक्ष सन्तबहादुर सिलवाल, वाला चौलागाईलगायत २१ जना विभिन्न पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेका छन् । उनिहरुलाई उम्मेदवार बिष्टले टीका र खादा लाएर स्वागत गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य मदन दाहाल, जिल्ला सदस्य पार्वती राना, शंकर राउत, मसान उपासक, बसन्त लामिछाने, चिरञ्जीवी थापा, सागरनाथ बास्तोलालगायतको उपस्थिति रहेको थियो ।