बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार तेस्रो जित निकालेको छ । ढाकामा बुधबार भएको खेलमा भुटानलाई १-० गोल अन्तरले हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको हो ।
नेपालको जितमा सेनु परियारले निर्णायक गोल गरिन् । सेनुले खेलको ४९ औँ मिनेटमा गोल गरेकी हुन् । सेनु वर्षा ओलीको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । भुटानमाथि नेपालको यो लगातार दोस्रो जित हो । पहिलो भेटमा नेपालले भुटानलाई ७(० गोलले हराएको थियो । यस जितसँगै नेपालले ३ खेलमा पराजित रहदै ९ अङ्क जोडेको छ । नेपाल शीर्ष स्थानमा उक्लिएको छ ।
भुटान अङ्क विहीन रहदै प्रतियोगिताबाट बाहिरिएको छ । भुटानले ४ खेलमै हार व्यहोर्यो । आयोजक बङ्गलादेश ३ खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । अब नेपालले अन्तिम खेलमा शुक्रबार बङ्गलादेशको सामना गर्नेछ । उक्त खेल फाइनल सरहको हुनेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने छन् ।