प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज बाग्मती र मधेस प्रदेश तथा सुदूरपश्चिम र कर्णाली प्रदेश खेल्दैछन् । बाग्मती र मधेस प्रदेशको खेल कीर्तिपुर मैदानमा हुने छ भने सुदूरपश्चिम र कर्णालीको खेल मूलपानी मैदानमा हुनेछ ।
दुवै खेल बिहान साढे ९ बजे सुरु हुनेछ । समूह ‘ए’ मा रहेको कर्णाली र सुदूरपश्चिम आज पहिलो जितको खोजीमा हुनेछन् । अहिलेसम्म खेलेको तीन खेलमा तीनैमा हार ब्यहोरेको सुदूरपश्चिम समूहको पुछारमा छ भने दुवै खेलमा दुवै हारेको कर्णाली पुछारभन्दा माथि छ । यस्तै, समूह ‘बी’ मा रहेको मधेस प्रदेश आज तेस्रो जितको खोजीमा हुनेछ । दुई खेलमा दुवै जितेको मधेस प्रदेश समूहको दोस्रो स्थानमा छ । बाग्मतीले अहिलेसम्म तीन खेल खेलेकोमा कुनै पनि जित्न सकेको छैन।