सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ । तिहार बिदापछि कारोबार भएको पहिलो दिन आज सुनको भाउ तोलाको ९३ हजार रुपैयाँ तोकिएको छ । यसअघि गएको ७ गते सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी तोलाको १ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।