म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको छ । आज भएको खेलमा लेस्टर सिटीलाई १–० गोलले हराउँदै सिटी १२ खेलमा २९ अङ्क जोडेर शीर्ष स्थानमा पुगेको हो । दोस्रो स्थानको आर्सनलको २८ अंक छ । आज सिटीलाई जिताउन ४९ औँ मिनेटमा केभिन डि ब्रुएइनले गोल गरे । लेस्टर ११ अङ्कसहित १७ औँ स्थानमा छ ।