मकवानपुर- पूर्व प्रधानमन्त्री एबम् नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्र निर्माणमा दीर्घकालिन सोचका साथ अगाडी बढ्नु पर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी मनहरी गाउँ कमिटीले आयोजना गरेको दुईदिने प्रशिक्षण कार्यक्रमका अवसरमा मकवानपुर आउनुभएका नेता नेपालले शुक्रबार मनहरी–८ स्थित आमाघरमा कार्यकर्ताहरुसंगको भेटका क्रममा तीन तहका सरकारले दीर्घकालिन सोच बनाएर योजनाबद्ध रुपमा अगाडी बढ्नु पर्ने बताउनुभएको हो ।

राष्ट्रलाई विकास गर्ने योजना तीनै तहका सरकारले नबनाएको भन्दै समृद्ध नेपालकोलागि दीर्घकालिन सोचका साथ अगाडी बढ्नु पर्ने बताउनुभएको हो । सुखि नेपाली, समृद्ध नेपाल निर्माणको लक्ष्य प्राप्तीकालागि तीन तहका सरकारहरु योजनाबद्ध रुपमा लाग्नु पर्ने नेता नेपालको भनाई थियो । भेटमा नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने, बिरोध खतिवडा, रामेश्वर राणा, प्रदेश कमिटीका सदस्य रघुनाथ खुलाल, ओमबहादुर ग्लान, एकराज उप्रेती, जिल्ला अध्यक्ष मुनु सिग्देल, जिल्ला सचिव प्रेमबहादुर पुलाीमसहित नेताकार्यकर्ताको सहभागिता थियो । मंसीर २० र २१ गते नेपाल कम्युनिष्ट पार्टीले गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । मनहरी गाउँपालिका वडा नम्बर ७ रमौलीस्थित सामुदायिक लजमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।