हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले हेटौंडा अस्पताललाई थप एक हजार थान डेङ्गु परिक्षण गर्ने किट सहयोग गरेको छ । सोमबार उपमेयर राजेश बानियाँले अस्पतालका मेसु डा. रामचन्द्र सापकोटालाई किट हस्तान्तरण गरेका हुन्। यसअघि उपमहानगरपालिकाले हेटौंडा अस्पताललाई एक हजार किट सहयोग गरेको थियो । किट हस्तान्तरण गर्दै उपमेयर बानियाँले हेटौंडा अस्पताललाई आवश्यक पर्ने अन्य स्वस्थ्य सामाग्री तथा डेङ्गु परिक्षण गर्ने किट उपलब्ध गराउन उपमहानगर तयार रहेको बताए ।
उनले हेटौंडाको सानका रुपमा रहेको हेटौंडा अस्पतालमा पछिल्लो समय मकवानपुरबासीले उपचारमा सहज पाएको र सानातिना समस्याहरु बिस्तारै समाधान हुँदै आएको बताए । सबैको सहयोगमा अस्पताल सुधार हुने बताउँदै अस्पतालमा आम नागरीकले सेवाबाट बन्चित हुनु नपर्ने उनले बताए । अहिले डेङ्गु महामारीका रुपमा रहेकाले आम नागरीकलाई परिक्षण गराउन सजिलो होस भन्दै उपमेयर बानियाले डेङ्गु परिक्षण गर्ने किट अस्पताललाई सहयोग गरेको र थप किट उपलब्ध गराउन पनि उपमहानगतयार रहेको उनले बताए । किट हस्तानतरणमा अस्पताल समिति सदस्य हिरा लामा, उपमेयर बानियाँका सचिबालय सदस्य बिजय पुडासैनी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतको सहभागीता रहेको थियो ।